करेन्ट लागेर दुईजनाको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, स्याङजा। करेन्ट लागेर कास्कीमा एक जना र स्याङजामा एक गरि दुई जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० होदुमा करेन्ट लागेर स्थानीय शेरबहादुर विकका आठ वर्षीय छोरा युवराज विकको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।

आफ्नै घरको कुखुराको खोरमा बिजुलीको बल्ब नभएको खाली होल्डरमा हात घुसाउँदा करेन्ट लागेर बेहोस भएका बालकको उपचारको लागि पोखरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै स्याङजाको चापाकोट नगरपालिका–१० र १ जोड्ने निर्माणाधीन पुलमा काम गर्ने दाङको राप्ती गाउँपालिका–५ घर भएका २० वर्षीय शशीधर थापाको पनि करेन्ट लागेर मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा भुइँमा रहेको तारबाट अचानक करेन्ट लाग्दा घाइते भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस