तारकेश्वरमा भेरोसेल खोप अभियान सुरु (भिडीयो सहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । तारकेश्वर नगरपालिकामा कोरोना विरुद्धको भेरोसेल खोप अभियान सुरु भएको छ । तारकेश्वर नगरपालिका वडा नं. ८ मा रहेको मनमैजु स्वास्थ्य चौकी र वडा नं. ६ मा रहेको धर्मस्थली स्वास्थ्य चौकी खोप केन्द्रमा बिहान १० बजेबाट खोप अभियान सुरु भएको छ ।

खोप अभियानमा ६० वर्ष देखि ६४ वर्ष उमेरसम्मका वृद्धवृद्धाहरुलाई खोप लगाउने कार्य सुरु भएको छ । कोरोनाविरुद्धको खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन हुने छ । भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई दिइने भएकाले सबैलाई खोप लगाउन नगर स्वास्थ्य निरिक्षक बिनोद कुमार शाहले अनुरोध गर्नुभयो । उहाँले तारकेश्वरमा रहेका ६० देखि ६४ वर्ष उमेरका आठ हजार जनसंख्यालाई खोप लगाउने बताउनुभयो ।

No description available.

चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको छ । यसअघि पनि चीन सरकारले नेपाललाई अनुदान सहयोगमै ८ लाख मात्रा खोप उपलब्ध गराएको थियो । चीनमा उत्पादन गरिएको भेरोसेल खोपलाई विश्व स्वास्थ्य संगठनले १९ वर्षमाथिका जुन उमेर समूहले लगाउन मिल्ने जानकारी दिएपछि नेपाल सरकारले ६० देखि ६४ वर्षसम्मका नागरिकलाई खोप दिन लागेको हो ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस