कोरोना संक्रमणबाट विदेशमा थप १३ नेपालीको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस संक्रमणको दोस्रो लहरमा पछिल्लो दुई साता विदेशमा थप १३ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा। सञ्जिव सापकोटाका अनुसार पछिल्ला दुई सतामा सबै भन्दाबढी साउदी अरबमा ७ जना, भारतमा ५ जना र कतारमा १ जना नेपालीको संक्रमणबाट मृत्यु भएको छ ।

संघले संकलन गरेको पछिल्लो तथ्यांकानुसार भारतसहित विश्वभर २८ मुलुकमा अहिलेसम्म ४ सय ३५ जना नेपालीको कोभिड १९ का कारण मृत्यु भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस