चन्द्रागिरिकि सदिक्षा युटिसि म्युजिक फिस्टमा सर्बोत्कृष्ट

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४ काठमाडौं । चन्द्रागिरि १४ कि सदिक्षा नेपाल युटिसि म्युजिक फिस्टमा सर्बोत्कृष्ट स्थान हासिल गरेकी छन् । युटिसि म्युजिक फिस्टद्वारा आयोजित राष्ट्रिय गायन प्रतियोगितामा सदिक्षाले सर्बोत्कृष्ट स्थान हालिन गर्न सफल भएकी हुन् ।
देशका विभिन्न भागहरूबाट लकडाउनको समयमा प्रतिस्पर्धा रहकोमा सदिक्षा टप टेनमा पर्न सफल भएकी थिईन । भोटिङको आधारमा १ हजार ५२ स्कोर प्राप्त गरेकी उनी सर्वोत्कृष्ट घोषित भई युटिसि म्युजिक फिस्ट अवार्ड हात पारिन ।

उनलाई युटिसिको ब्रान्ड एमबेस्डरको रूपमा समेत चयन गरिएको छ । उक्त प्रतियोगितामा ९१७ स्कोर सहित आर्यान महपत्रा दोश्रो, विपन क्षेत्री ५१० तेस्रो, अनमोल श्रेष्ठ ४८८ चौथाे र एनिमेस प्रधान पाँचौ स्थान हासिल गर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस