अपर कर्णाली जलविद्युतको कार्यालयमा बम विस्फोट

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५ दैलेख । अपर कर्णाली जलविद्युत् आयोजनाको कार्यालयमा बम विस्फोट भएको छ । शनिबार बिहान ४ बजे अछामको तुर्माखाद गाउँपालिका–३ भैरवस्थानमा रहेको सम्पर्क कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरिले बताएको छ ।

स्थानीय दीपक बि.सीबाट भाडा लिएर उक्त आयोजनाले कार्यालय सञ्चालन गरिरहेको घरमा बम विस्फोट भएको हो । विस्फोटबाट ढुंगामाटोले बनेको घर र नजिकैको शौचालय समेत भत्किएको छ भने एउटा मोटरसाइकलमा समेत आगजनी भएको अछामका प्रहरी प्रमुख डिएसपी जनक शाहीले जानकारी दिए ।

घटनास्थलमा प्रहरी शनिबार बिहानै पुगेको हो -उनले भने । घटनाको अनुसन्धान भइरहेको छ‘, .घटनामा संलग्न समूहको खोजीका लागि ठूलो मात्रामा प्रहरी परिचालन गरेको छ । डिएसपी शाहीका अनुसार जिल्ला प्रहरी कार्यालय र घटनास्थल आसपासका प्रहरी कार्यालयहरूबाट ४० जना प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस