माेरङमा बस र माेटरसाइकल ठाेक्किए : चार जना घाइते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५,माेरङ । विराटनगरबाट भोजपुरको लागि छुटेको बसले मोटरसाइकललाई ठक्कर दिँदा ४ जना घाइते भएका छन्  ।

को १ ख ३८०५ नम्बरको बसमा दुईवटा मोटरसाइकल ठोक्किएका हुन्  ।  को २१प ४३२४ र स८प २११७  नम्बरको मोटरसाइकलमा सवार ४ जनाको अवस्था नै गम्भीर रहेको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।  घाइतेकाे अवस्था गम्भीर रहेकाे र उनीहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बस बिहान ५ बजे विराटनगरबाट भोजपुर जाँदै गरेको अवस्थामा  विपरीत दिशाबाट आएको मोटरसाइकल बसमा ठोक्किन पुगेको र  दुर्घटनामा परेर उछिट्टिएको मोटरसाइकलले अर्को मोटरसाइकललाई दुर्घटनामा  पारेको प्रहरीले जनाएकोछ ।

घाइतेहरुको विराट मेटिकल कलेजमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस