विश्वकप छनोट : जोर्डनसँग नेपाल ३-० ले पराजित

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा जोर्डन विरुद्ध नेपालको खेलमा जोर्डन ३-० ले विजयी भएको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालविरुद्ध जारी खेलमा जोर्डनले जोर्डनले खेलको २४ औं, ४९ औं र ६७ औं मिनेटमा गोल गर्दै विजयी भएको हो ।

खेलको २४ औं मिनेटमा बाहा फाइजल सिफले नै पेनाल्टीमा गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ४९ औं मिनेटमा बाहा फाइजल सिफले फ्रिकिकमा गोल गर्दै जोर्डनलाई २-० को अग्रता दिलाएका थिए ।

खेलको ६७ औं मिनेटमा डिफेन्डर याजन अल अरबले हेडरबाट गोल गर्दै जोर्डनलाई ३-० को अग्रता दिलाएका हुन् । जोर्डन नेपाल भन्दा बलियो टोली रहेको कुरा उसको फिफा वरियताले नै स्पष्ट बताउँछ। नेपाल फिफा बरियतामा १७१औं स्थानमा छ भने जोर्डन ९५औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस