जोर्डनसँग नेपाल ३-० ले पछाडी

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, काठमाडौं । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालविरुद्ध जारी खेलमा जोर्डनले ३-० को अग्रता बनाएको छ । खेलको ६७ औं मिनेटमा डिफेन्डर याजन अल अरबले हेडरबाट गोल गर्दै जोर्डनलाई ३-० को अग्रता दिलाएका हुन् ।

यस अघि खेलको ४९ औं मिनेटमा बाहा फाइजल सिफले फ्रिकिकमा गोल गर्दै जोर्डनलाई २-० को अग्रता दिलाएका थिए । त्यस्तै खेलको २४ औं मिनेटमा बाहा फाइजल सिफले नै पेनाल्टीमा गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस