नेपालविरुद्ध जोर्डनलाई अग्रता

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालविरुद्ध जारी खेलमा जोर्डनले १-० को अग्रता बनाएको छ । खेलको २४ औं मिनेटमा बाहा फाइजल सिफले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका हुन् ।

नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेलिरहेको हो ।

जोर्डन नेपाल भन्दा बलियो टोली रहेको कुरा उसको फिफा वरियताले नै स्पष्ट बताउँछ। नेपाल फिफा बरियतामा १७१औं स्थानमा छ भने जोर्डन ९५औं स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस