नेपाल जोर्डन बिच खेल सुरु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गरिरहेको छ। कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्दैछ ।

खेल राति ९ः४५ बजे सुरु भएको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नेपाली टोलीलाई ४-३-३ को रणनीतिमा मैदान उतारेका छन् । जोर्डनसँगको खेलका लागि नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गरेका छन् । खेलमा गोलकिपर किरण चेम्जोङ, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, बिकाश खवास, दिनेश राजवंशी, मिडफिल्डरमा पुजन उपरकोटी, सन्तोष तामाङ, सुमन अर्याल र फरवार्डमा अन्जन विष्ट, सुमन लामा, अभिषेक रिजाल रहेका छन ।

प्रतिक्रिया दिनुहोस