मुगुमा मंगलवारबाट भेरोसेल खोप लगाईदै

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ २४ मुगु । कोरोना विरुद्धको पहिलो मात्राको भेरोसेल खोप २५ गतेबाट दिइने भएको छ । ६० देखि ६४ वर्षका उमेर समूहलाई दिइने उक्त खोप जिल्लाभरका अधिकांश यति समुहका नागरिकलाई उपलब्ध गराइने भएको हो ।


सोमवार पत्रकार सम्मेलन गर्दे जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा ब्यवस्थापक करुणा भट्टराईले जानकारी गराईएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहिलो निर्णय अनुसार ६० देखि ६४ उमेर समुहका ब्यक्तिलाई भेरोसेल खोपको प्रथम र दोश्रो मात्रा सुनिश्चितता हुने गरि खोप लगाउने ब्यवस्था अनुसार जिल्लाका खोप केन्द्र बाट लगाईने जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा ब्यवस्थापक करुणा भट्टराईले बताए । त्यसका लागि आवश्यक तयारी भइसकेको स्वास्थ्य कार्यालय मुगुले जनाएको छ । खोप लगाउनेलाई आफ्नो परिचय खुलाउने नागरिकताको प्रमाणपत्र वा उमेर खुल्ने कागजात ल्याउन अनुरोध गरेको छ । सामाजिक दूरी कायम गरी सुरक्षाको मापदण्ड अपनाएर खोप लगाउन आग्रह गरेको छ ।

१०६ खोप केन्द्र निर्धारण
मुगुमा कोरोना विरुद्धको भेरोसेल खोपको लागि जिल्लाका विभिन्न स्थानमा खोप केन्द्र निर्धारण गरिएको छ । सोमवार जानकारी गराउनु हुदै स्वास्थ्य सेवा ब्यवस्थापक भट्टराईले यस्तो जानकारी गराउनु भयो जिल्लामा खोप केन्द्रको लागि १०६ वटा खोप केन्द्र निर्धारण गरिएको छ । जसमा छायानाथ रारा नगरपालिकामा ३१ , सोरु गाउपालिकामा २४ , खत्याड गाउपालिकामा ३४ , र मुगुम कार्मारोग गाउपालिकामा १९ वटा खोप केन्द्र निर्धारण गरिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस