मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा दुई जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, पर्सा । वीरगंज महानगरपालिकाको विभिन्न स्थानहरुबाट मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-१० का २६ बर्षीय अम्मेन्द्र कुमार पटेल र वीरगंज महानगरपालिका-२० का २७ बर्षीय धिरेन्द्र महतो रहेका छन् ।

बिहीबार दिउँसो फरक फरक समयमा वीरगंज महानगरपालिका-११ रानिघाटमा पार्किङ गरी राखेको ना.५५ प ७१७४ नम्बरको मोटरसाइकल र वीरगंज महानगरपालिका- १० आदर्शनगर डेरा गरी बस्ने नविन झाले आफ्नो घर अगाडि पार्किङ गरी राखेको ना.४ प ४०५७ नम्बरको मोटरसाइकलको लक तोडी चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले ना.४ प ४०५७ नम्वरको मोटरसाइकल सहित पटेललाई आदर्शनगरबाट र ना.५५ प ७१७४ नम्बरको मोटरसाइकल सहित महत्तोलाई रानीघाटबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस