इलाममा जंगली च्याउ खादा बिरामी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • गोबिन्द पौडेल इलाम

जेठ २४, इलाम । इलाममा जंगली च्याउ खादा एकजना गम्भिर बिरामी परेका छन् । यसरी बिरामी पर्नेमा रोङ ६ जौबारीका करिब ४५ बर्षिय पूर्ण बहादुर राइ रहेका छन् ।

राइले हिजो दिउसो जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका थिए । च्याउ खाएको केही समय पछि नै बिरामी परेका उनलाइ बेहोस अवस्थामा राती नै उपचारमा झापा लगिएको थियो । अहिले उनको बिर्तामोडमा रहेको कन्काइ हस्पिटलमा उपचार भइरहेको र अवस्था सुधारन्मुख रहेको राइको भतिजो खगेन्द्र राइले बताए ।

प्रतिक्रिया दिनुहोस