मालपोत कार्यालय चावहिलका नायव सुब्बा दुइ हजार घुस सहित पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ २४, काठमाडौं । मालपोत कार्यालय चावहिल, काठमाडौंका नायव सुब्बा चन्द्र बहादुर श्रेष्ठ दुइ हजार घुस सहित पक्राउ परेका छन । सेवाग्राहीको गोकर्णेश्वर न.पा. ४ मा रहेको ०-१५-२-० जग्गा अन्य व्यक्तिको नाममा जग्गाधनी प्रमाणपूर्जा जारी भएको देखीन आएकोमा सर्वोच्च अदालतमा समेत विचाराधिन रहेको मुद्दामा उक्त विवादित जग्गाको मिसिलको प्रमाणित प्रतिलिपी लिने प्रयोजनका लागि सेवाग्राहीसँग उनले घुस लिएको हुन ।

सेवाग्राहीसँग घुस माग गरी दु:ख हैरानी दिएको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले निज नायव सुब्बा चन्द्र बहादुर श्रेष्ठले सेवाग्राहीसँग रू.२,०००।- घुस बापतको रकम लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भैरहेको अख्तियारका सह सचिव काली प्रसाद पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस