गोरखामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, गोरखा । गोरखाको पालुङटार नगरपालिका-९ बिर्दीबजारमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ग १ त ४२७८ नम्बरको ट्र्याक्टर गएराति सडकबाट १० मिटर तल खस्दा धादिङको दार्खा घर भएका २० वर्षका याकुब तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

ट्र्याक्टर र चालकलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको प्रहरीले जनायएको छ ।

प्रतिक्रिया दिनुहोस