खेलमा सट्टावाजी गर्ने व्यक्तिहरु पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३,काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट, बिश्‍वकप क्रिकेट, च्याम्पियनसिप, फुटवल समेतका खेलमा बिभिन्न ब्यक्तिलाई हारजितको वाजी राख्न लगाई सट्टावाजी गरी अबैध रुपमा रकम असुली गर्ने कार्यमा संलग्न ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ गोल्चे घर भएका ३६ वर्षीय बज्र प्रकाश लामा, काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ गोल्चे घर भएका ३० वर्षीय बिद्युत प्रकाश लामा र काठमाडौं महानगरपालिका-१५ रानीवन बस्ने रामेछाप लिखु गाउँपालिका-२ सैपु घर भएका ३३ वर्षीय उमेश कार्की रहेका छन् ।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौंको बिजेश्वरी र न्यूरोडबाट सट्टावाजीमा प्रयोग भएको १ लाख रुपैयाँ नगद सहित फेला पारी पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस