राजनीतिक फाँटको तरलतामा बिग्रहको ढोल !

Khabar24Nepal Author Logo..
खिमराज गिरी पढ्न लाग्ने समय : ५ मिनेट

भन्न त भनिन्छ नि , “राजनीतिमा कोहि पनि स्थायि दुश्मन हुंदैन । ” सानो देशमा धेरै राजनीतिक दल, सवैमा पद, पावर, पैसा, प्रतिष्ठा र कुन्ठाको दम्भ ! देशी बिदेशी प्रतिकृयावादी शक्तिहरुको चंगुलमा फँसेर मौलाएको गुट र उपगुटको संजाल आदिले नेपालको राजनीतिमा कहिलै स्थिरताको जग बस्ने भएन । जनतालाई ब्युझाउन बल्ल बल्ल जुटेजस्तो गर्छन अनि आपसी स्वार्थ बाझिन्छ फेरि फुट्छन । फाटेको टोपी सिलाएर लगाउनु , फुटेको हाडी जोड्नु, डोकोले दुध छोप्नु, दुधको साक्षि बिरालो राख्नु, सर्प बिच्छी र भ्यागुतोमा कुन बलियो छुट्याउन नसक्नु र राजनीतिमा स्वार्थको ललिपपमा अल्झिएर मौसमी रास्ट्रवाद देखाई जनता र कार्यकर्ता झुक्याउने नेता उस्तै उस्तै हुने कुरा वर्तमान अवस्थाको राजनीतिक भूमरीले देखाइरहेको छ ।

सन्दर्भ नेपालका राजनीतिक दलहरु र नेताहरुको चरित्रबारे केही कुराहरु राख्न मन लाग्यो । नेपालको इतिहासमा २००७ साल र २०१६ को प्रजातान्त्रिक दलीय चुनावको अभ्यास , २०४६ सालको उपलब्धि, ६२-६३ को आन्दोलन , राजा फालिनु , गणतन्त्र आउनु, २०६४ मा संबिधानसभाको चुनाव भएर पुनस्६८ मा दोहोरिनु , २०७२ सालमा नयाँ संबिधान पाउनु , तत्पश्चात गणतान्त्रिक पहिलो चुनावी तीन तहको सरकार बन्नु , त्यहि पनि बामपन्थीको पोल्टामा सांचो आउनु आदि कुराहरु बढो उपलब्धिमुलक थिए । र जनताले पनि राजनीतिक स्थिरता भयो, अव सामाजिक, आर्थिक तथा सांस्कृतिकरुपमा पनि देशले कांचुली नै फेर्छ भन्ने जुन सोच राखेका थिए तर सोचेजति अपेक्षा पूरा नहुंदै एकीकृत नेकपा फुट्यो ।

सन्दर्भ नेपालका राजनीतिक दलहरु र नेताहरुको चरित्रबारे केही कुराहरु राख्न मन लाग्यो । नेपालको इतिहासमा २००७ साल र २०१६ को प्रजातान्त्रिक दलीय चुनावको अभ्यास, २०४६ सालको उपलब्धि, ६२/६३ को आन्दोलन , राजा फालिनु , गणतन्त्र आउनु, २०६४ मा संबिधानसभाको चुनाव भएर पुन:६८ मा दोहोरिनु, २०७२ सालमा नयाँ संबिधान पाउनु, तत्पश्चात गणतान्त्रिक पहिलो चुनावी तीन तहको सरकार बन्नु, त्यहि पनि बामपन्थीको पोल्टामा सांचो आउनु आदि कुराहरु बढो उपलब्धिमुलक थिए । र जनताले पनि राजनीतिक स्थिरता भयो, अव सामाजिक, आर्थिक तथा सांस्कृतिकरुपमा पनि देशले कांचुली नै फेर्छ भन्ने जुन सोच राखेका थिए तर सोचेजति अपेक्षा पूरा नहुंदै एकीकृत नेकपा फुट्यो ।

फुटेको नेकपामा पूर्ववत पार्टी नेकपा एमालेमा फेरि तरलता देखियो र केही नेताहरुमा पुरानो ब्यक्तिगत रिसिइवीका कारण सिङो एमाले पार्टीर्लाई अनिर्णयको बन्दी बनाइदै गर्दा अहिले माधवपक्षका केही युवा नेताहरु योगेस भट्टराई, घनश्याम भुसाल, गोकर्न बिस्ट , सुरेन्द्र पान्डेहरु र केपीपक्षका सुबास नेम्बाङ, बिश्नु पौडेल, प्रदील ज्ञवाली आदीले पार्टी एकीकरणमा नै जोड दिएका र स्वयम प्रधानमन्त्री नै धेरै लचिलो भएर प्रस्तुत हुदा झिनो आशा अझै बाकि थियो ।

तर २०७८/०२/२१ गते माधवकुमार नेपालले भने प्रधानमन्त्री जेष्ठ २ गतेको जोड घटाउमा जान सहमत हुदासमेत पून: अर्को बखेडा निकालेका छन । त्यो हो संसद पुनस्थापना र आलोपालो नेतृत्व । तसर्थ नेकपा एमाले पार्टी अव फुट्ने भन्दा नि चोइटिन्छ कि भन्ने बिन्दुमा आएको छ । भरसक यस्तो दुर्दशा देख्नु नपरोस । उता यहि जेष्ठ २० गते जसपामा पनि बिग्रहको संकेत देखिएको छ । एक अर्का गुटले कारवाहीको प्रकृया अगाडि बढाईरहदा लगभग जसपा फुटको संघारमा देखिन्छ । अर्कोतिर नेपाली काङ्रेसमा पनि हाल कम्युनिस्ट पार्टीको नियतीको रोग लागिसकेको छ । एकातिर देउवाले चुनाव चाहे पनि बाध्य भएर प्रधानमन्त्रीको चाखे थाप्न रास्ट्रपतिको कार्यालय पुगे । त्यहि पनि दलीय पद्दतिमा निर्दलीय अभ्यासकासाथ अर्को पार्टीका केही सांसदको हस्ताक्षरसहित । अर्कोतिर काङ्रेस पार्टीकै लक्षमण घिमिरेले नेपालको इतिहासमा देउवाको यो जस्तो फोहोरी खेल अरु के हुनसक्छ भनि कटाक्ष गरेका छन । र आगामी १४ औं महाधिबेशनको विषयलाई लिएर पौडेल र देउवावीच अर्को भित्री कटाक्ष शुरु भएको छ । देउवाको दाउ जसरी हुन्छ प्रधानमन्त्री हाता पार्ने, बिस्वासको मत नपाएपनि आफ्नै नेतृत्वमा चुनाव गराउने । र महाधिबेशन पनि सार्ने अनि पछि सरकारको र पार्टीको नेतृत्व अझै नछोड्ने नै हो भने पौडेलको दाउ एक वर्षे अवधिको लागि भने पनि महाधिबेशन गराएरै छाड्ने र यता केपी वलीको सरकार जसरी पनि ढाल्ने ।

उतातिर माओबादी नेता प्रचन्डको दाउ शुरुदेखि नै नेकपा एमालेलाई फुटाएर चोइटिएको केही अंश माधवको नेतृत्वमा आफ्नो दलमा समाहित गर्ने नै छ । अन्यथा अवको चुनावमा जाँदा उनको स्थिति कमजोर देखिने लागेर नै उनले पनि केपी वली सरकारलाई जसरी पनि ढाल्ने र प्रतिनिधिसभालाई निरन्तरता दिने जोड घटाउमा छन । त्यसैले त प्रचन्ड, माधव र देउवा पक्षका वकिलहरुले हाल दोश्रो पटक प्रतिनिधिसभा पुनस्थापनाको मुद्दामा भविश्यमा एउटा नजीरै स्थापित गर्न लागेका छन त्यो के भने झगडियाले संबैधानिक इजलासका न्यायाधिश परिवर्तन गर्ने माग राख्दै गर्दा हाल सो मुद्दा स्थगित भइ जेष्ठ २३ गते पुन: संबैधानिक इजलास गठन हुदैछ ।

तसर्थ, वर्तमान अवस्थामा देशलाई यो गन्जागोल र भद्रगोलको स्थितिमा ल्याउने पात्रहरुको पहिचान भविश्यका पीढिहरुले अवश्य नै गर्लान । यसमा देशी बिदेशी शक्तिहरुको हात त अवश्य नै हो तर हाम्रा नेता गतिला र निडर भइदिएको भए हाम्रो आगनमा उनीहरुको तान्डव नृत्य किन हुन्थ्यो र ? दोष हामी र हाम्रा नेताहरुलगायत अन्य सरोकारवालाहरुको नै हो । तर अहिले यो कोभिडको महामारी एकातिर छ भने अर्कोतिर सरकार संचालनमा उब्जिएका ब्यबधानले आजित भएको अवस्थामा काग कराउदै गर्छ, पिना सुक्दै गर्छ, कुकुरहरु भुक्दै गर्छन, श्यालहरु दौडिदै गर्छन, तर सौचालय कहिलै मन्दीरको बिकल्प हुन सक्दैन, न त हजारौं ब्वांसाहरुको अगाडि बाघ झुक्न जान्दछ !

धुर्व सत्य यो हो कि , नेता त्यो होइन जो क्रान्तिकारीको खोल ओढेर पूजिबादी ढ्याङ्रो ठोक्छ तर नेता त्यो हो जो प्रतिकृयावादीहरुले जतिसुकै पंगु तान्डव नृत्य देखाए पनि , बिदेशी प्रभुहरुले जतिसुकै बिग्रहको ढोल पिटे पनि बिचलित हुंदैन । न त देश बिकासको गति रोकिन सक्छ ।

प्रतिक्रिया दिनुहोस