जनता मा.वि कालिकोटका प्र.अ जयलाल न्यौपाने रकम दुरुपयोग गरेको आरोप पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

जेठ २१ , काठमान्डौ । जनता मा.वि कालिकोटका प्र.अ जयलाल न्यौपाने रकम दुरुपयोग गरेको आरोप पक्राउ परेका छन ।

कालिकोट,जिल्ला जनता माध्यमिक विद्यालय राम्नाकोट, खार्दुमा कार्यरत जयलाल न्यौपानेले मिति २०७० मंसिर महिना देखि २०७२ भाद्र महिनासम्म प्रधानाध्यापक भई कामकाज गर्ने सिलसिलामा शिक्षकको तलब, विद्यार्थीको छात्रवृत्ति, दिवा खाजा तथा भवन निर्माणको ज्यामीको ज्याला लेखापालको किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंक मान्म, कालिकोटबाट रू १७,०६,७३१ र रकम निकाली अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यलयले पक्राउ गरेको हो ।

रकम हिनमिना गरेको उजुरि परे पश्चात अख्तियार दुरुपयोग अनुसन्धान कार्यलयले न्यौपानेलाइ पक्राउ गरेको हो ।

जनता माध्यमिक विद्यालय राम्नाकोट, खार्दु, कालिकोटका तत्कालीन प्रधानाध्यापक जयलाल न्यौपानेले विद्यालयको जम्मा रू १७,४६,७३१ र हिनामिना हानिनोक्सानी गरेको देखिएकोमा निजले विभिन्न मितिमा रू ९,१५,००० र विद्यालयको खातामा जम्मा गरेको देखिंदा बाँकी हुन आउने रू ८,३१,७३१ र बदनियतसाथ हिनामिना हानिनोक्सानी गरी निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स प्रमाण पुष्टि हुन आएको हुँदा निज जयलाल न्यौपानेलाई विगो रू आठ लाख एकतीस हजार सात सय एकतीस (८,३१,७३१ ) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय  बमोजिम सजाय हुन एवं हिनामिना हानिनोक्सानी भएको विगो रू ८,३१,७३१ निजबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम असुलउपर हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको र थप अनुसन्धान अगाडी बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यलयका प्रवक्ता प्रदीपकुमार कोइराला बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस