रोल्पाका कुन स्थानीय तहले संघबाट कति बजेट पाए ?

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

जेष्ठ २१,रोल्पा । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि स्थानीय तहलाई वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र  विशेष अनुदान शीर्षकमा बजेट विनियोजन गरेको छ । एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पाका स्थानीय तहरुले ८७ करोड ५० लाख वित्तीय समानीकरण अनुदान प्राप्त गरेका छन् भने १ अर्ब ३७ करोड १२ लाख सशर्त अनुदान गरी २ अर्ब २४ करोड ६२ लाख बजेष्ट पाएका छन् । जस मध्ये रोल्पा नगरपालिकाले वित्तीय समानीकरण तर्फ ११ करोड ५१ लाख र २१ करोड १९ लाख सशर्त गरी ३२ करोड ७० लाख बजेट प्राप्त गरेको छ ।

अन्य नौ गाउँपालिकाहरुले ७५ करोड ९९ लाख वित्तीय समानीकरण तर्फ र १ अर्ब १५ करोड सशर्त अनुदान गरी  १ अर्ब ९१ करोड ९२ लाख बजेट प्राप्त गरेका छन् । रोल्पाका कुनै पनि स्थानीय तहले समपूरक र विशेष अनुदान प्राप्त गरेका छैनन् ।

बजेट विनियोजिन गरिएका रोल्पाका अन्य नौ गाउँपालिकाहरुमा त्रिवेणी गाउँपालिकाले वित्तीय समानीकरण तर्फ ९ करोड १७ लाख र सशर्त अनुदान १४ करोड ४७ लाख गरी जम्मा २३ करोड ६४ लाख, थवाङ गाउँपालिका वित्तीय समानीकरण तर्फ ६ करोड ८६ लाख र सशर्त अनुदान ९ करोड ७३ लाख गरी जम्मा १६ करोड ५९ लाख, परिवर्तन गाउँपालिकाले वित्तीय समानीकरण ८ करोड ४५ लाख र सशर्त अनुदान १४ करोड ४० लाख गरी २२ करोड ८५ लाख बजेट प्राप्त गरेको छ । त्यस्तै माडी गाउँपालिकाले ७ करोड ६२ लाख वित्तीय समानीकरण अनुदान, ११ करोड ११ लाख सशर्त अनुदान गरी  कूल बजेट १८ करोड ७३ लाख, रुन्टीगढी गाउँपालिकाले वित्तीय समानीकरण तर्फ ९ करोड ८३ लाख र १५ करोड ९० लाख सशर्त अनुदान गरी २५ करोड ७३ लाख, लुङ्ग्री गाउँपालिकाको ८ करोड ७५ लाख वित्तीय समानीकरण अनुदान र ११ करोड ६१ लाख सशर्त अनुदान गरी कूल जम्मा २० करोड ३६ लाख, गंगादेव गाउँपालिकाले  वित्तीय समानीकरण र सशर्त अनुदान क्रमशः ८ करोड ३२ लाख र ११ करोड ६० लाख गरी १९ करोड ९२ लाख र सुनछहरी गाउँपालिकाले वित्तीय समानीकरण अनुदान ७ करोड ७ लाख, सशर्त अनुदान ९ करोड ५७ लाख गरी कूल १६ करोड ६४ लाख प्राप्त गरेको छ ।

यसरी हेर्दा रोल्पाका स्थानीय तहहरुमध्ये रोल्पा नगरपालिकाले सबैभन्दा बढी ३२ करोड ७० लाख र सबैभन्दा कम थवाङ गाउँपालिकाले १६ करोड ५९ लाख बजेट प्राप्त गरेको छ । वित्तीय समानीकरण तर्फ सबैभन्दा बढी रोल्पा नगरपालिकाले ११ करोड ५१ लाख र सबैभन्दा कम थबाङ गाउँपालिकाले ६ करोड ४६ लाख बजेट पाएका छन् भने सशर्त अनुदान तर्फ पनि रोल्पा नगरपालिकाले सबैभन्दा बढी २१ करोड १९ लाख र सबैभन्दा कम सुनछहरी गाउँपालिकाले ९ करोड ५७ लाख प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस