यूएईबाट १५० वटा भेन्टिलेटर सहयोग

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १९, काठमाडौँ । कोरोना संक्रमितको उपचारका लागी संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग प्रदान गरेको छ। आबुधाबीस्थित नेपाली दूतावासको पहलमा यूएई सरकारले १५० वटा भेन्टिलेटरसहितको १२ हजार ४ सय ५० केजीको स्वास्थ्य सामग्री बुधबार नेपाल पठाएको नेपाली राजदूतावास, अबुधाबीले जानकारी दिएको हो ।

यूएईको विशेष विमानले स्वास्थ्य सामग्री बोकेर बुधबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको थियो । खाडी क्षेत्रमा सरकारी तवरबाट सहयोग पठाउने यूएई पहिलो देश हो । युएइ सरकारले सन् २०२० को अप्रिलमा नेपाललाई यस्तै सहयोग उपलब्ध गराएको थियो।

युएइ सरकारको तर्फबाट नेपाल सरकारलाई हुँदै आएको निरन्तर सहयोगका लागि युएइ सरकारप्रति नेपाली राजदूतावास, अबुधाबीले धन्याबाद समेत ब्याक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस