आज जेठ १९ दरबार हत्याकाण्डको १८ वर्ष पुरा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

जेठ १९, काठमाडौं । तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको १८ वर्ष पुरा भएको छ। तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको वर्ष बितेपनि त्यसको रहस्य गर्भमा नै छ । विश्वले नै बिर्सनै नसक्ने त्यो रात सम्झँदा जीउ सिरिङ हुन्छ। राजा वीरेन्द्रको परिवारको संझना आउँछ । तर विश्वमा नै चर्चित भनेको दरबार हत्याकाण्डको रहस्य अझै खुल्न सकेको छैन।

नारायणहिटी दरबार हत्याकाण्ड भएको १८ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ शुक्रबार राति तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो।नेपालको इतिहासमा यसलाई कहालीलाग्दो घटनाका रूपमा लिइन्छ। नियमित पारिवारिक जमघटका क्रममा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जनाको हत्या भएको थियो। घटनामा राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुति मारिएका थिए। यस्तै अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो। कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए। तत्कालीन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबिन समितिले युवराज दीपेन्द्रले हत्या गरेको प्रतिवेदन पेश गरेको थियो। त्यसपछि पनि दरबारसँग सम्बन्धित व्यक्तिहरूले पुस्तक प्रकाशन गरी दीपेन्द्रले नै हत्याकाण्ड मच्चाएको दाबी गरे पनि धेरै नेपालीले यसलाई विश्वास गरेका छैनन्। वीरेन्द्रको वंशनाश भएपछि राजा भएका ज्ञानेन्द्र शाह भएका थिए। उनी जनआकांक्षाअनुरूप चल्न नसक्दा २०६२्६३ सालको आन्दोलनले मुलुकबाट राजतन्त्र हट्न पुग्यो।

प्रतिक्रिया दिनुहोस