प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट : आज २ खेल हुदैं

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैछन् । मुलपानीमा एपीएफ र प्रदेश ५ बीच प्रतिस्पर्धा हुनेछ भने कीर्तिपुर खेल मैदानमा नेपाल पुलिस र प्रदेश २ बिच प्रतिस्पर्धा हुदैछ ।

कीर्तिपुर मैदानमा समूह बीको अन्तिम खेलमा पुलिस र प्रदेश २ भिड्न लागेका हुन् । पुलिसले समूह चरणमा हालसम्म कर्णाली र प्रदेश १लाई हराएको छ भने प्रदेश २ ले कर्णाली र प्रदेश १ लाई हराएको छ ।

पुलिसको ३ खेलबाट ६ अंक छ । तेस्रो स्थानको प्रदेश २ को ३ खेलबाट मात्र ४ अंक छ । आर्मी प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरिसकेको छ ।

मुलपानी मैदान हुने समुह एको खेलमा एपीएफ र प्रदेश ५ बीच प्रतिस्पर्धा हुनेछ । एपीएफ एक खेल अगावै सेमिफाईनल पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस