अवैध कल बाइपासमा संलग्न रुपन्देहीबाट पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, काठमाडौं । स्थानीय मैनुद्धिन धुनियाको घरमा डेरा गरेर बस्ने भारतको महराजगञ्ज थाना नौतवना ग्रामका २६ वर्षीय खुर्सेद अन्सारी लाई प्रहरीले अवैध कल बाइपासमा संलग्नताको आरोपमा पक्राउ गरेको छ ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका–३, काटा गाउँबाट अवैध भीओआईपी प्रयोग गरेर कल बाइपासमा गर्ने गरेको पाइएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दिपक रेग्मी बताउँछन् । विशेष सुचनाको आधारमा ब्युरोको टोलीले खुर्सेदको कोठामा छापा मारेर कल बाइपासमा प्रयोग हुने सामग्री पनि बरामद गरेको छ ।

रेग्मीका अनुसार पक्राउ परेका अन्सारीमाथि दूरसंचार ऐन, २०५३ अन्तरगत जिल्ला अदालत, रुपन्देहीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस