नुवाकोटमा मोटरसाइकल दुर्घटना, १को मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १७, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ को केउरेनी मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।

गल्छी–त्रिशुली सडकबाट अन्र्तगत बेलकोटगढी ५ को केउरेनी भन्ने स्थानमा मोटरसाइकल दुर्घटना भएको हो । बिहीबार राति ९ बजे बा ६४ प ३०९९ नम्बरको मोटरसाइकल सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा गभ्भीर घाइते भएका रामचन्द्र रिजाल र जनक रिजाललाइ उद्धार गरी काठमाडौँ लगिए पनि मोटरसाइकलका चालक रामचन्द्र रिजालको राति २ बजे ट्रमा सेन्टरमा मृत्यु भएको हो । मोटरसाइलको पछाडि बस्ने जनक रिजाल गम्भीर घाइते भएका छन । उनको पनि ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस