शान्ता बस्नेतको झ्याउरे गीत ‘साइली’ सार्वजानिक

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १६,काठमान्डौ । शान्ता बस्नेतको लोकदोहोरी (झ्याउरे) गीत ‘साइली’ मङलबार सार्वजानिक भएको छ । सल्यान जिल्लामा प्रचलित पुरानो भाका साइली लाई समेट नै यो गीत तयार गरिएको हो ।

चर्चित गायक कृष्ण रेउले,गायिका शान्ता बस्नेत र गायक शक्ति चन्दको सयुक्त आवाज रहेको गितमा कृष्ण रेउले र शक्ति चन्दकै सब्द रहेको छ । अलाप रेकोर्डिङमा स्टुडियोमा रेकोर्ड गरिएको गितलाइ झलक सङ्गितम् को एरेन्ज रहेको छ । गीतको लयमा सल्यान जिल्ला नाम दिएको छ ।

गीतमा सल्यान जिल्लाको चिनारीको रुपामा रहेको पुरानो भाका तथा बाउ बाजेले गाउने सैलीलाइ समेटियर फरक तरिका बाट गितलाइ प्रस्तुत गरिएको छ । पुरानो भाकालाइ जोगाउनको लागी भनेर नै यो गित तयार गरिएको गायक शक्ति चन्दले बताउनु भयो । साथै गीतको भिडियोलाइ पनि निकै रमाईलो तरिका बाट प्रस्तुत गरीएको छ ।

चर्चित निर्देशक शन्कर बि सि को निर्देशन रहेको भिडियोमा गायक कृष्ण रेउले , गायक शक्ति चन्द र गायिका शान्ता बस्नेतकै दम्दार अभिनय रहेको भिडियोमा दुर्गा पौडेलको छायाकन रहेको छ भने सम्पादन नबिन घर्ति मगरको रहेको छ ।

भिडियो हेर्नुहोस् :

https://www.youtube.com/watch?v=6W0X4GUhxK4

प्रतिक्रिया दिनुहोस