रोनाल्डोद्वारा पोर्चुगल टिमबाट प्रशिक्षण सुरु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १६, एजेन्सी । कप्तान क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टिमबाट प्रशिक्षण सुरु गरेका छन् । यूईएफए नेसन्स लिगका लागि बोलाईएको प्रशिक्षणमा रोनाल्डोले बुधबारबाट प्रशिक्षण सुरु गरेका हुन् ।

पोर्चुगलले नेसन्स लिगका लागि बुधबारबाट तयारी थालेको हो ।युभेन्ट्सलाई इटालियन सिरी ुएु को उपाधि दिलाएर रोनाल्डो पोर्चुगल पुगेका हुन् । रोनाल्डो पोर्चुगललाई नेसन्स लिगको उपाधि दिलाउने योजनामा छन् ।पोर्चुगलले पोर्टोमा हुने नेसन्स लिगको सेमिफाइनलमा स्विजरल्याण्डसंग जुन ५ मा खेल्नेछ ।यस्तै अर्को सेमिफाइनलमा इंग्ल्याण्ड र नेदरल्यान्ड्सबीच जुन ६ मा खेल हुनेछ । दुई खेलको विजेताले जुन ९ मा हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस