दैवीय शक्ति पाउने अन्धविश्वासले बालकको बलि

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १६, धनुषा । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा शक्तिशाली हुने अन्धविश्वासले अढाई वर्षीय बालकको बलि दिएको खुलेको छ । घरको ढोकामै खेलिरहेका बालकलाई ५५ वर्षीय छिमेकी शत्रुधन महतोले ललाई फकाई अपहरण गरी बन्धक बनाएर राति २ बजे हत्या गरेका हुन ।

ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो । उक्त शव बलि दिएर फालेको प्रहरी अनुसन्धानमा पुष्टि भएको हो । महतोले गर्ने धामीझाक्रीको काममा दखल बढाएर शक्तिशाली हुने अन्धविश्वासले आप्नै आँगनमा धारिलो हतियारले रेटेर बालकको हत्या गरेको खुलेको हो । घाँटीको पछाडिको भाग काटिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले महतोले हत्याका बेला लगाएका लुगा र प्रयोग गरिएको धारिलो हतियार समेत बरामद गरेको छ ।

मिथिला नगरपालिका–८ कुसुमबिछौनाका ५२ वर्षीय जंगवीर महतो राजमार्ग क्षेत्रका चर्चित धामी हुन् । हालै झारफुक र टुनामुना सिकेका शत्रुघन उनकै सालो हुन् ।

प्रतिक्रिया दिनुहोस