भन्सार कार्यालय टीकापुरका राम बहादुर साउद घुस सहित नियन्त्रणमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, कैलाली । जिल्ला कैलाली, भन्सार कार्यालय टीकापुरका एजेन्टका सहयोगी राम बहादुर साउद रू.१५,०००/- घुस रकम सहित अख्तियारको नियन्त्रणमा परेका छन ।

भारतबाट सामान ल्याउने नेपाली ब्यपारीको पूर्ण भन्सार महसुल काटी सोको रसिद उपलब्ध गराई सकेपछि पनि भन्सार छुट गराई दिएको भनी सेवाग्राहीसँग उनले घुस माग्ने गरेको खुल्न आएको छ ।

बिशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले सेवाग्राहीसँग रू.१५,००० लिइसकेको अवस्थामा उनलाई टीकापुर भन्सार कार्यालय खक्रौलाबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस