दाङवाङ माध्यमिक विद्यालय, प्युठानकी शिक्षिकाको शैक्षिक प्रमाणपत्र नक्कली

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, प्युठान । दाङवाङ माध्यमिक विद्यालय, प्युठानकी शिक्षिका बिमला आचार्यको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।

जिल्ला शिक्षा कार्यालय, प्युठान अन्तर्गत शिक्षक पदमा कार्यरत उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरीको सम्बन्धमा अनुसन्धान गर्दा उनले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, भारतबाट प्राप्त हाइस्कुल तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएको हो । उनले झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी दाङवाङ माध्यमिक विद्यालय, प्युठानमा प्रा.वि. राहत अनुदान कोटाको शिक्षक पदमा नियुक्ति भएकी थिइन ।

अख्तियाका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार “उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस