अफगानिस्तानमा हक्कानी नेटवर्कका १४ जना लडाकू मारिए

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, अफगानिस्तान । अफगानिस्तानको घाज्नी र पाक्टिका प्रान्तमा भएको सैन्य कारबाहीका परी हक्कानी नेटवर्कको १४ जना लडाकू मारिएका छन् ।

अफगान राष्ट्रिय प्रतिरक्षा र सुरक्षाबलले मङ्गलबार सबेरै गरेको कारबाहीमा परी सो नेटवर्क १४ जना लडाकू मारिएका अफगान विशेष सैन्यबलका कमाण्डरद्धारा जारी विज्ञप्तिमा भनिएको छ । यस नेटवर्कका एक प्रान्तीय कमाण्डरसहित १० सदस्य पक्राउ परेका छन् भने कारबाहीको क्रममा विशेष सुरक्षा बलले हातहतियार र गोला बारुदसमेत बरामद गरेको विज्ञप्तिमा बताइएको छ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस