८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोग पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १३, पाल्पा । आफ्नै ८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बगनासकाली गाउँपालिका-२ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

ती पुरुषले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस