नैतिकताको खडेरीमा धैर्यताको बाँध !

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट
  • खिमराज गिरी

जेठ १३, काठमाडौं । भनिन्छ नि ”इख नभएका छोरा छोरी र विष नभएको सर्पको कुनै काम छैन” मानिस एक सामाजिक प्राणी हो, समाजका हरेक मानिसहरु आफ्नो परिवार पाल्न र अरुको अगाडि आफ्नो रवाफ देखाउनको लागि अहो रात वेमौसमी वाजाको तालमा नाचेर कमाउने धन्दातिर दौडिराखेका हुन्छन् अनि ”न त इष्ट मित्र, न देवता पित्र, न साथी भाई, न त वस्न पाउँछ रमाई” भनेजस्तो सँधैभरी दुखमा जेलिएको जीन्दगी देख्दा अचम्म लाग्नु पनि अस्वभाविक होइन तर समाजको अगाडि आफ्नो साख उच्च राख्नको लागि नैतिकता र इमान्दारीतालाई वन्दकी राखेर गरीने जतिपनि अशोभनीय कामहरु छन् ती सव व्यर्थको रद्दीको टोकरीमा फालिदिँदा पनि हुन्छ किनकी मानिसका तीन गुणहरुः मष्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी हुँदा हुँदैपनि खासमा त हजारौ जनताको वलिदान र असंख्य मृत्युको चर्को मूल्यबाट प्राप्त हाम्रोजस्तो मुलुकको कलिलो गणतन्त्रलाई विभिन्न तह तप्काबाट भएका र गरेका संस्थागत भ्रष्टाचारले गर्दा कतै गणतन्त्रको खिल्ली त उडाउन खोजिरहेका हैनन् भन्ने भान भइराखेको छ ।

मानिसका तीन गुणहरुः मष्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी हुँदा हुँदैपनि खासमा त हजारौ जनताको वलिदान र असंख्य मृत्युको चर्को मूल्यबाट प्राप्त हाम्रोजस्तो मुलुकको कलिलो गणतन्त्रलाई विभिन्न तह तप्काबाट भएका र गरेका संस्थागत भ्रष्टाचारले गर्दा कतै गणतन्त्रको खिल्ली त उडाउन खोजिरहेका हैनन् भन्ने भान भइराखेको छ ।

अचम्म लाग्दो कुरा त यो छ कि कहिल्यै पनि सत्ताधारीहरुले भ्रष्टाचारका शुन्य सहन्सीलता कायम गरेनन् र गर्ने आँट पनि राखेनन् । हामीले विर्सन हुदैन ती विगतका सामाजिक संस्थाहरु जो न गुटले मौलाएका छन् न फुटले पलाएका छन् । तसर्थ हामीले आस्थाको गोरेटोमा प्रतिष्ठाको मल्हम लगाउन सिक्नुपर्ने थियो तर यसो नभएर भयो के भने हामी नेपालीहरु प्रसस्त धन कमाई अरुको अगाडि सान, मान र प्रतिष्ठा कसरी देखाउने भन्ने अहमताको जडले गर्दा नै आज नेपाली समाज भ्रष्टाचारको चपेटामा लपेटीरहेको छ । भनिन्छ नि ”विष साँपको दाँतमा हुन्छ, झिँगाको मुखमा, विच्छीको पुच्छरमा हुन्छ तर दुष्ट मानिसको शिरदेखि पैतालासम्म विषै विष हुन्छ । त्यसैले सवै मानिसले स्वयता अप्नाउन सिक्नुपर्दछ, धैर्यतालाई गुमाउनु हुँदैन, नैतिकतालाई आत्मसाथ राख्नुपर्दछ, धनको लोभले विवेकलाई बन्दक वनाउनु हुँदैन, शालिनतालाई सदैव शिरोपर धारण गनुपर्दछ, लोभ, मोह, क्रोधबाट सँधै टाढा रहनुपर्दछ, दीन दुखि, गरीव, असहय, बृद्ध बृद्धा, र वालवालिकाहरुको सेवामा सदैव समर्पित हुदै, ढाँटेको कुरा र फाटेको टोपी कहिल्यै न लुकाएर लुक्दछ न त छिपाएर छिप्दछ भनेजस्तो इमान्दारीता र नैतिकतामा खडेरी पर्न नदिई यसैलाई नै जीवनको मुल मन्त्र सम्झी जिउने कोशिस गर्ने हो भने तवमात्र जीवन जीउनुको महत्व हुन्छ अनि धैर्यताको वाँध पनि फुट्न पाउँदैन र त्यो समाजमा न त भ्रष्टाचार हुन्छ न त कोहि पनि व्यक्ति सदाचारीताबाट विमुख हुनपर्दछ ।

खास त, जीवनमा सभ्य भाषाको कित्ता काँट गर्न त्यसले जान्दछ जो नैतिकता र इमान्दारीताको गोरेटोमा सदैव हिडिराखेको हुन्छ । हामिले कुनैपनि चिजलाई प्राथामिकता दिँदा व्यवधानलाई होइन प्रावधानलाई दिनुपर्दछ । यदि पात्र फेरिएपनि प्रवृत्ति उहि रहयो भने कुनैपनि शासन पद्धति आएपनि समाजमा विकृति र भ्रष्टाचारको जरो फाल्न धेरै गाह्रो पर्दछ । तसर्थ सवल र सक्षम वन्दै सभ्य समाजको निर्माणमा कसरी लाग्ने भन्नेतिर हामी सवैले तन्, मन्, धन, कर्म र सत्वचनले परिपूर्णता दिई लागि पर्नुको विकल्प छैन ।

लोकतन्त्रमा शासक भन्दा शासीत व्यक्तिहरु ठूला हुन्छन् नेतृत्वको रिमोट कन्टेल जनताका् हातमा हुन्छ । जनताले जहिलेपनि नेतासँग हार्नुपर्ने स्थितिको सृजना हुनुहुदैन भन्ने लोकतान्त्रिक मुल्य र मान्यतालाई सवै वर्गले आत्मसाथ गर्ने हो भने न यो समाजमा नैतिकताको खडेरी लाग्दछ न त धैर्यताको बाँध नै टुट्न सक्दछ ।

मध्य नेपाल नगरपालीका २, लमजुग,
हाल मनमैजु, काठमाण्डौ । ९८५११९२०८८

प्रतिक्रिया दिनुहोस