एकीकृत परियोजना अनुगमनको समीक्षा सम्पन्न

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट
  • मिनराज रोका, रोल्पा

जेठ १२, रोल्पा । त्रिवेणी गाउँपालिकामा संचालित एकीकृत परियोजनाको अनुगमनको समीक्षा सम्पन्न भएको छ । गाउँपालिको समन्वय र सेभ द चिल्ड्रेनको सहयोगमा मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपाल रोल्पाले विगत दुई वर्षदेखि संचालन गरिरहेको बाल संरक्षण, शिक्षा र जीविकोपार्जन विषयगत क्षेत्र समेटिएको एकीकृत परियोजनाको अनुगमन गरिएको थियो ।

 

गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीको अध्यक्षमा भएको समीक्षा कार्यक्रममा गाउँपालिकाका सातै वडामा गरिएको अनुगमन र गाउँपालिका स्तरबाट विभिन्न क्षेत्रमा भएको अनुगमनको समीक्षा गरिएको हो । समीक्षा कार्यक्रममा सातै वडाहरुका वडा अध्यक्षहरु, गाउँपालिकाका विषयगत शाखाका प्रतिनिधिहरुले परियोजनाको राम्रा अभ्यास र सुधार गर्नुपर्ने कुराहरुको बारेमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । परियोजनाका क्रियाकलापाहरुले बालश्रम न्यूनीकरणमा सहयोग पु¥याएको, शिक्षाको क्षेत्रमा सुधार ल्याउन सहयोग गरेको, बालबालिकाहरुलाई शैक्षिक सहयोग गरी विद्यालयहरु भर्ना गर्न सहयोग गरेको, विपन्न परिवारहरुमा जीविकोपार्जनका लागि पशुपालन, कृषि, सीप विकास लगायतका क्षेत्रमा सहयोग गरेको कार्यक्रमका सहभागीहरुले बताएका थियो ।

गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले परियोजनाका राम्रा अभ्यासका कार्यक्रमहरुको दीगोपनाका लागि स्थानीय सरकारले पनि योजना बनाउने बताए । कार्यक्रमका हुरेकका कार्यक्रम संयोजक धरेन्द्र डाँगीले परियोजनाका मुख्य उपलब्धीहरुको बारेमा जानकारी गराएका थियो ।

प्रतिक्रिया दिनुहोस