काठमाडौंबाट विप्लवका ७ जना कार्यकर्ता पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, काठमाडौं । काठमाडौंबाट मसाल जुलुसको तयारी गरिरहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका ७ जना कार्यकर्ता पक्राउ परेका छन् । नरेफाँटबाट मसाल जुलुको तयारी गरिरहेका उनीहरु ४ थान प्रेसर कुकर, ८ थान मोवाईल,बोराले बेरेको बाँसको भाटा ३० देखि ४० थान र १५०० थान भन्दा बढी पर्चा सहित पक्राउ परेका हुन् ।


सोमबार घोषणा गरिएको नेपाल बन्द पूर्वसन्ध्यामा मसाल जुलुसको तयारी गरिरहेका अवस्थामा झापाका बर्ष ३७ का आशिष तामाङ भन्ने डम्बर तामाङ, सल्यान बागचौर ४ का चित्र बहादुर ओली, भक्तपुर मध्यपुर ठिमीका ३६ वर्षीय राकेश श्रेष्ठ, ३१ वर्षीय बुद्धिबहादुर सुनार रोल्पाका ३६ वर्षीय बुद्धिलाल पुन, झापाका ५१ वर्षीय तेजराज काफ्ले र ५२ वर्षीय तेजबहादुर मोक्तान पक्राउ परेका हुन ।

प्रतिक्रिया दिनुहोस