अज्ञात व्यक्तिबाट ७० वर्षीया वृद्धाको हत्या

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, काठमाडौं । महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको हत्या भएको छ ।उनको श्रीमान् ७५ वर्षीय वीरभान महरा र नाति १२ वर्षीय लोकेन्द्र महरा गम्भीर घाइते घाइते अवस्थामा भेटिएका छन् । ।

सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्यअनुरुप घटना भएको देखिन्छ । खोला किनार नजिकै पसलमा कुटपिट गरी हत्या गरिएको छ । नाति भागेर बाँच्न सफल भएका छन् । वीरभानको टाउको, अनुहार र शरीरमा चोट छ । घाइते वीरभान लोकेन्द्रलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइँदैछ ।

प्रतिक्रिया दिनुहोस