दैलेखमा धारिलो हतियार प्रयोग गरी युवकको हत्या

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, दैलेख । दैलेखको भैरवी गाउँपालिका–६ कुटीमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । शनिबार राति ११ बजेतिर महाबु गाउँपालिका–५ का २५ वर्षीय युवक गोविन्दबहादुर सिंहको हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या कसले र किन ग¥यो भन्नेबारे खुल्न सकेको छैन । सिंहको राति सुतिरहेको अवस्थामा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस