सर्लाहीको गाउँपालिकामा एक महिलाको हत्या

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिका–४ स्थित मैनाथपुरमा एक महिलाको हत्या गरी शव फालिएको अवस्थामा हिजो साँझ फेला परेको छ ।

करीब २५ वर्षीया विवाहित महिलाको हत्या गरी फालिएको अवस्थामा बेवारिसे शव फेला परेको हो । क्रिम र रातो रङको साडी, खैरो रङको चोलो लगाएकी महिलाको पहिचान खुलेको छैन । मैनाथपुर बागमती बाँधदेखि पश्चिम सिसौघारीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शव अहिले सर्लाही अस्पताल मलङ्गवाको शवगृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस