सुनिलस्मृति गाउँपालिकाद्धारा किसानहरुलाई हाते ट्याक्टर वितरण

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

जेठ ११, रोल्पा । सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले शनिबार एक कार्यक्रमका विच किसानहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । ट्याक्टर वितरण गर्दै गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले अव सुनिलस्मृति गाउँपालिका हरेक क्षेत्रबाट अगाडि बढ्नुपर्ने बताउनुभयो ।

हिजोका दिनहरुमा हलो, जुवा गोरुको भरमा खेति गर्नुपर्ने भएको हुदाँ किसानहरुलाई धेरै वस्तुहरु संकलन गर्न गाह्रो हुने महशुस हामिलाई भएको हुँदा यो अभियानलाई अगाडि ल्याएको हाँै अव हामि समय, परिस्थीत र प्रवृद्धि अनुसार चल्नुपर्ने भएको हुँदा यस्ता अभियानलाई अगाडि बढाउनुपर्ने अध्यक्ष घर्तीले बताउनुभयो । कार्यक्रममा वोल्दै अध्यक्ष घर्तीले भन्नुभयो किसानहरुको माग अनुसार हामि अझै प्रवृद्धिमय सामाग्रिहरु उपलब्ध गराउदै जाने छौ र किसानहरुलाई आवश्यक पर्ने सामाग्रिहरु के के रहेका छन् स्थानिय सरकारसँग माग गर्न समेत आह्वान गर्नुभयो । हामि कृषि क्षेत्रलाई देशकै नमुना गाउँपालिका बनाउन चाहान्छौ त्यो अध्यक्ष एक्लैले वा उपाध्यक्षले मात्रै न त प्रमुख प्रशासकिय अधिकृत एक्लै सोचेर हुने होइन तपाई हामि सवै एक जुट भएर कृषि क्षेत्रलाई अगाडि बढायौँ भने हाम्रो यो अभियानलाई पनि देशकै नमुना गाउँपालिका बन्नलाई कसैले रोक्न सक्ने छैन त्यो भनेको तपाई हामि सवैको एकता र उर्जाले हुने कुरा हो अध्यक्ष घर्तीले बताउनुभयो ।

कार्यक्रममा वोल्दै प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले भन्नुभयो कृषि क्षेत्रमा लाग्नुहुने सवै किसानहरुलाई आवश्यक पर्ने विउविजन तथा कृषि औजारहरु हामिले मनै खोलेर सहयोग गर्न चाहान्छौ त्यसैले जति किसानहरुको माग, सल्लाह सुझाव आउछ त्यसैलाई नै हाम्रो मार्ग निर्देशिका मानेर हामि अगाडि बढ्ने छौ यस अभियानलाई अगाडि बढाउन प्रमुख प्रशासकिय अधिकृतको हैसियतले मैले गर्नुपर्ने कृयाकलापहरुलाई मनै खुलाएर गर्न तयार छु प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले बताउनुभयो । उक्त कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख बासुदेव उपाध्ययाले गर्नुभएको थियो भने व्यवस्थापन झलकराज खड्काले गर्नुभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस