नापी कार्यालय साँखुका नापी सर्वेक्षक घुस रकम सहित नियन्त्रणमा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौं । नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु के.सीलाई अख्तियारले घुस रकम सहित नियन्त्रण लिएको छ ।

जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगालबाट खटिई गएको टोलीले नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु के।सीलाई सेवाग्राहीसँग रू.१,५०,०००।– घुसबापतको रकम लिइसकेको अवस्था पक्राउ गरेको हो ।

उनिहरुलाई नापी कार्यालय साँखु, काठमाडौंको कार्यालय परिसरबाट नै नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस