मोदीलाई सभापति देउवाको बधाई

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ १०, काठमाडौँ । भारतमा भर्खरै सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बधाई तथा शुभकामना दिनुभएको छ ।

देउवाले मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाई पार्टी र आफ्नो व्यक्तिगततर्फबाट बधाई तथा शुभकामना दिनुभएको हो । नेपाल र भारतबीच सदियौँदेखि कायम पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जाने सभापति देउवाले बताउनुभएको छ । नेपाली काङ्ग्रेस र भाजपा दुवै पार्टीबीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुनेसमेत देउवाले विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस