आगोमा जलेर एकै परिवारका ३ जनाको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, बैतडी । बैतडी, पुर्चौडी नगरपालिका–७, बसपार्कमा गएराति आगलागी हुँदा एकै घरका तीन जनाको जलेर मृत्यु भएको छ ।

टहरामा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको थियो । चुल्होको आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस