आजको मौसम : हावाहुरी र मेघ गर्जन सहित वर्षा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । आज देशका अधिकांश भू-भागमा आंशिक बदलि रहेता पनि देशका पश्चिमि र मध्य भू भागमा आशिंक देखि सामान्य बदलि हुने सम्भावना रहेको छ।

साथै देशका पूर्वि भू-भागका पहाडी क्षेत्रमा पनि आशिंक देखि सामान्य बदलि हुने सम्भावना रहेको छ। देशका पश्चिमि र मध्य भू-भागका केहि स्थानहरुमा र पूर्वी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

यस्तै आज राति देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदलि रही पहाडी भू-भागका केहि स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस