पाँचथर हत्या अपडेट : मिक्लाजुङ ८ मा झुण्डिएको शव भेटियो

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ ७, पाँचथर । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा गएराति ९ जनाको विभत्स हत्या भएको स्थानबाट केही किलोमिटर पर मिक्लाजुङको वडा नं ८ मा मानबहादुर माखिमको शव भेटिएको छ ।

माखिमको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । यद्यपि, घटनामा उनको कुनै संलग्नता थियो/थिएन भन्ने विषय चाहिँ खुलेको छैन । घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रदेश १ प्रहरी कार्यालयको टोली घटनास्थल तर्फ गइसकेको छ । अनुसन्धान अधिकारीले दुवै घटनालाई जोडेर अनुसन्धान थालेको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका सम्पूर्ण नाका सिल गरिएको छ भने तालिम प्राप्त कुकुरलाई पनि अनुसन्धानका लागि प्रयोगगरिएको छ ।

प्रतिक्रिया दिनुहोस