जिप्रका इलामका शुब्बा र युवा स्वरोजगारका स्वयमसेवक घुस रकम सहित पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६, इलाम । जिल्ला प्रशासन कार्यालय, इलामका नायव सुब्बा विनोद बाबु वि.सी र युवा स्वरोजगार कार्यक्रम स्वयमसेवक भानुभक्त्त आचार्य उपर आरोप पत्र दायर गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, इलामका युवा स्वरोजगार कार्यक्रमका स्वयमसेवक भानुभक्त आचार्यले जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा विनोद बाबु वि.सी.ले अह्राए बमोजिम हराएको पासपोर्टको प्रतिलिपि निकाल्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिइ गएको टोलीले आचार्यलाई सेवाग्राहीसँग रू ६ हजार रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

उक्त घुस लिन अह्राउने ना.सु.विनोद बाबु वि.सी समेतलाई नियन्त्रणमा लिई अनुसन्धान उनको प्रत्यक्ष मिलेमतो र संलग्नतामा आचार्यले सेवाग्राहीसंग राहदानीको प्रतिलिपिको लागि काठमाडौं स्थित विभागबाट जारी मिति मगाइदिने बहाना बनाई घुस रकम लिएको पुष्टि हुन आएको हो ।

उनिहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) तथा दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस