सशस्त्रका जवान घुस रकम सहित पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६, बुटवल । सशस्त्र प्रहरी बल नेपाल नं. ४१ गुल्म हेड क्वाटर औधोगिक सुरक्षा बुटवल ,रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र के.सी.लाई घुस रकम सहित अख्तियारले नियन्त्रणमा लिइएको छ ।

सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरी थुनिदिने भनी रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीसँग रू १० हजार रकम सहित समातेको हो । उनलाई बुटवल उपमहानगरपालिका ७ दिपनगर स्थित बुटवल टपटेन मम एण्ड खाजाघरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस