मोटरसाइकल र स्कुटर पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, काठमाण्डौ । मोटरसाइकल र स्कुटरको पछाडी बस्नेले पनि हेलमेट लगाउनुपर्ने गरि ट्राफिक प्रहरीले नया व्यवस्था गर्ने भएको छ ।

आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले पत्रकार सम्मेलन गर्दै दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने नियम सुरु गर्न लागेको जानकारी दिएको हो ।काठमाण्डौमा हुने दुई पाङ्ग्रे सवारी साधनको दुर्घटनालाई विश्लेषण गर्दा हेल्मेट लगाएको चालकभन्दा पछाडि बस्ने व्यक्ति घाइते भएको र मृत्युदर समेत पछाडि बस्नेको बढी रहेको देखाउँछ । यही कारणले गर्दा मोटरसाइकल र स्कुटर पछाडि बस्नेले अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस