करेन्ट लागेर महोत्तरीमा युवकको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–४ गुलरियामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोनमा गाउँपालिका–४ गुलरिया गाउँ बस्ने राजाराम महतोका छोरा १८ वर्षीय शङ्कर महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।आफ्नै घर नजिकै रहेको खेतमा पानी तान्ने मोटरबाट पानी लगाउने क्रममा शनिबार साँझ करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो। शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस