अवैध लागूऔषध सहित ३ जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, मकवानपुर । हेटौंडा उपमहानगरपालिका ११ नवलपुरबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजी सहित राक्सिराङ गाउँपालिका १ बस्ने २७ वर्षीय सुकलाल थिङ र चितवन भरतपुर महानगरपालिका १३ गितानगर बस्ने ३० वर्षीय नवराज दर्जीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.३ ख ३७१५ नम्बरको ट्रक जाँच गर्नेक्रममा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी चालक थिङ र ट्रकमा सवार दर्जीलाई पक्राउ गरेको हो ।

यस्तै बाँके, नरैनापुर गाउँपालिका.४ नरैनापुरबाट भारत सराबस्ती बस्ने ४२ वर्षीय देवदिन बिश्वकर्मालाई अवैध लागूऔषध चरेस करिब ५ केजी सहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले बिश्वकर्माको पसलमा जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस