तारकेश्वर नगरपालिकाले तयार पार्यो २५ सैयाको अक्सिजन सहितको आइसोलेसन (भिडीयाे सहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ३, काठमाडौं । तारकेश्वर नगरपालिकाले अक्सिजन सहितको २५ सैयाको आइसोलेसन तयार पारेको छ । तारकेश्वर नगरपालिका वडा नं. १ मा रहेको साङ्ग्ला प्राथमिक स्वास्थ्य केन्द्रमा नगरपालिकाले २५ सैयाको आइसोलेसन तयार पारेको हो ।

तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले आज आइसोलेसनको उद्घाटन गर्नु भएको हो । कोभिड १९ को संक्रमण तिब्र गतिमा फैलिरहेको विसम परिस्थितीमा केहि ढिला आइसोलेसन तयार भएपनि नगरपालिकाले अक्सिजन सुविधाका साथै नगरपालिकाका विरामीलाई सहज होस भन्नका लागि २ वटा निःशुल्क एम्बुलेन्स सेवा सहित आइसोलेसन तयार पारेको हो । कार्यक्रममा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोरा, उप मेयर भवानी डोटेल (भानु) प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाल लम्साल, तारकेश्वरका सबै वडा अध्यक्षहरु, अस्पताल प्रमुख डा. नहकुल पौडेल, नगरपालिकाका भिभिन्न विभागका प्रमुखका साथै कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

No description available.

आइसोलेस व्यवस्थापनका लागि नगर प्रमुख बोहोराको संयोजकत्वमा कमिटी तयार गरि सबै व्यवस्थापन गर्ने छ । साथै आइसोलेसनको व्यवस्थापनमा सहज होस भनेर ४ ओटा उपसमिती समेत तयार पारेको छ । जसमा अक्सिजन व्यवस्थापन उपसमितीमा संयोजक मनोहरी तिवारी, सदस्यमा बासु गौतम, कल्याण लामिछाने, सुरक्षा निकायमा प्रमुख रहनेगरि उपसमिती बनाइएको छ । स्वास्थ्य व्यवस्थापन सरसफाई उपसमिती मधु कार्कीे संयोजक रहने गरि उपसमिती बनाइएको छ । यस्तै सुचना सम्प्रेष्ण तथा सुरक्षा उपसमिती विदुर सापकोटाको संयोजकत्वमा गठन गरिएको छ । साथै खाद्यान्न व्यवस्थापन तथा भनेजन उपसमिती रविन्द्र के।सीको संयोजकत्वमा गठन गरिएको छ ।

No description available.

तारकेश्वर नगरपालिकाले होम आइसोलेसनमा बसेर कोरोना विरुद्ध लडिरहेकाको अवस्थाहेरेर वडा कार्यालयले सिफारिस गरेपछि मात्र नगरपालिकाले तयार पारेका आइसोलेसनमा बस्न मिल्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस