कर्णालीमा दुई मन्त्री नियुक्त

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीपरिषदमा दुई जना मन्त्री नियुक्त गर्नुभएको छ । मुख्यमन्त्री शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा र आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा सिताकुमारी नेपालीलाई नियुक्त गर्नु भएको हो ।

यस अघि उहाँहरुसहित बिन्दमान विष्टलाई मन्त्रीमा नियुक्त गरिएको थियो । मुख्यमन्त्री शाहीले गएको बुधबार आर्थिक मामिल तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्रीमा बिन्दमान विष्ट, र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा सिता कुमारी नेपालीलाई नियुक्त गरे पनि कांग्रेसले दुई वटा मन्त्रालय मागेपछि सपथ ग्रहण स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस